न्यु किबो बोर्डिङले ‘जनै पुर्णिामा र रक्षा बन्धन’ विशेष क्रियाकलाप गरि बुक फ्री फ्राइडे मनायो

धादिङ । विगतको शुक्रबारहरु जस्तै आज पनि न्यु किबो बोर्डिङ स्कुलले विभिन्न क्रियाकलापहरु गरेर बुक फ्री फ्राइडेको रुपमा मनाएको छ

विद्यालयका अतिरिक्त क्रीयाकलाप समयोजक अनुप भट्टका अनुसार, नेपालीहरुको एक प्रमुख चाड ” जनै पुर्णिामा र रक्षा बन्धन” नजिकदै गर्दा , उक्त पर्वलाई झल्को दिने गरि प्री प्राइमरी देखि कक्षा २ सम्म डोरो बानेर विधार्थीहरुले शुक्रबार मनाए भने कक्षा ३ देखि ८ सम्मका विधार्थी भाइबहिनीहरुले उनिहरु आफैले राखी बनाएर एकअर्कामा लगाएर शुक्रबारलाई सम्झनलायक बनाएका छन ।

त्यस्तै कक्षा 9 का विधार्थी भाइबहिनीहरुले अङ्ग्रेजी बुकको Preparing Recipe थिममा आधारित रहेर जनैपुर्णिामा खाइने प्रमुख नेपाली खानेकुरा ” क्वाटी” आफैले बनाएर एकअर्कामा बाडेर खादै जनै पुर्णिामा लाई स्कुलमा झल्काएका थिए !

यस्ता किसिमका क्रियाकलापहरुले विधार्थीहरुको चौतर्फी विकासमा सहयोग पुग्ने र नेपाली सस्कृती र मौलिकतालाई जगेर्ना गर्न सहयोग पुग्ने विधालयका प्रिन्सिपल प्रयास रेग्मिले बताउनु भयो ।