न्यू किबो बोर्डिङले विभिन्न क्रार्यक्रमहरु गरि “बुक फ्री फ्राइडे” मनायो

धादिङ । न्यू किबो बोर्डिङ्ले आज शुक्रबार विभिन्न अतिरिक्त क्रार्यक्रमहरु गरि बुक फ्री फ्राइडे को रुपमा मनाएको छ!

प्री- प्राइमरी अन्तर्गत नागपन्चमीको अवसरमा नागको चित्र बनाएर शुक्रबार विशेष बनाए भने कक्षा १ देखि ९ सम्मका विधार्थी भाइबहिनिहरुले २ वटा कार्यक्रम गरि मनाइएको अतिरिक्त क्रियाकलापका संयोजक अनुप भट्टले जानकारी दिनु भयो ।

त्यस्तै कक्षा १ देखी ९ सम्मका विद्यार्थी भाइबहिनिहरुले चित्रकला र कक्षा ६ देखि ९ का २४ जना विधार्थीहरुले जिल्ला रेडक्रस धादिङको समन्वयमा 2 दिने First Aid Training मा समावेश भै शुक्रबारलाई अझै विशेष बनाएका छन । त्यसै गरि कक्षा १० का बिधार्थी भाइबहिनिहरुले अङ्ग्रेजी बुकको Preparing Recipe को थिममा आधारित रहेर गाजरको हलुवा बनाएर शुक्रबारलाई रोमान्चक बनाएका छन !

यस्ता किसिमका कार्यक्रमहरुले बिद्यार्थी भाइबहिनिहरुको चौतर्फी विकास हुने र वर्तमान परिवेशमा सैद्धान्तिक शिक्षा भन्दा पनि यस्ता किसिमका प्रयोगात्मक र जीवनउपयोगी शिक्षा आवश्यक रहेकोले न्यू किबो बोर्डिङ्ले यस्ता कुरामा विशेष जोड दिदै आएको कुरा विधालाय प्रीन्सिपल प्रयास रेग्मिले बताउनु भयो !