टान निर्वाचनको उम्मेदवार टूंगो लगाउन कांग्रेस निकट व्यवसायीको भेला हुदै

काठमाडौं । पदयात्रा व्यवसायीहरुको छाता संगठन टानको आगामी निर्वाचनलाई लक्षित गरि नेपाली कांग्रेस निटक व्यवसायीहरुले विशेष भेला शुक्रबार राखिएको  छ । नेपाल लोकतान्त्रिक पर्यटन व्यवसायी संघले टान निर्वाचन २०२४ बारे लोकतान्त्रि व्यवसायीहरुबीच बिहान गोकर्ण हाउसमा भेला आह्वान गरेको हो ।

संघले अहिलेसम्म टानमा उम्मेदवारहरुको टूंगो लगाएको छैन । एमाले र माओवादी निकट व्यवसायीहरुले यसअघि नै उम्मेदवार टूंगो लगाइसकेका छन् । लोकतान्त्रि व्यवसायीहरुको तर्फबाट टानको अध्यक्षमै डा. रामशरण थपलिया, केशव पाण्डे, चोलेन्द्र कार्की लगायतकाले दाबेदारी प्रस्तुत गरेका छन् ।

यद्यपी कांग्रेस र एमालेले यसअघि २०७९ मै सन् २०२२–०२४ को टानको नेतृत्वमा एमालेले अध्यक्षमा कांग्रेस उम्मेदवारलाई सघाउने र २०२४–०२६ मा कांग्रेसले एमाले तर्फबाट अध्यक्षका उम्मेदवारलाई सघाउने गरी गरिएको सहमति पत्र बाहिरिई सकेको छ। त्यसकारण उक्त सम्झौता कार्यान्वयन गरेमा यो पटक एमाले निकट व्यवसायीहरुका उम्मेदवार राजेन्द्र सापकोटालाई कांग्रेसले सघाउने र कांग्रेसले वरिष्ठ उपाध्यक्ष, उपाध्यक्ष, महासचिवमा उम्मेदवार उठाउने छ ।