हानियाको हत्यापछि हमासको शीर्ष नेतामा चुनिए याह्या सिनवार

अन्तर्राष्ट्रिय खबर । कतारको राजधानी दोहामा दुई दिन लामो वार्तापछि हमासले याह्या सिनवारलाई आफ्नो नयाँ शीर्ष नेता चयन गरेको छ । इस्माइल हानियाको तेहरानमा हत्या भएको थियो । हानियाको मृत्युमा इजरायलको हात रहेको बताइएको छ ।

सन् २०१७ देखि सिनवारले गाजा स्ट्रिपमा समूह नेताको रूपमा काम गर्दै आएका थिए। अब उनलाई हमासले आफ्नो शीर्ष नेताको रूपमा छानेको छ।

हमासका एक अधिकारीका अनुसार हमासको नेतृत्वको सर्वसम्मतिले याह्या सिनवारलाई आन्दोलनको नेतृत्व गर्न आफ्नो नेता चयन गरेको हो।

इरान र उसका सहयोगीहरूले इस्माइल हनियाको मृत्युपछि बदला लिने बताएका छन्। उनीहरूले हानियाको मृत्युको लागि इजरायललाई जिम्मेवार ठहरा गरेका छन्।

इस्माइल हानियाको मृत्युबारे इजरायलबाट भने कुनै प्रतिक्रिया आएको छैन। बीबीसी