नेकपा माओवादी केन्द्र नीलकण्ठ – ७ को अध्यक्षमा अनिल अधिकारी चयन

धादिङबेशी । नेकपा माओवादी केन्द्र नीलकण्ठ नगरपालिका वडा न ७ को वडा कमिटिको अध्यक्षमा अनिल अधिकारी चयन भएका छन् ।
शनिबार सम्पन्न तेस्रो वडा सम्मेलनले अधिकारीको अध्यक्षतामा २३ सदस्यिय वडा कमिटि निर्विरोध निर्वाचित गरेको हो । अधिकारी यस अघि वडा कमिटिको उपाध्यक्ष रहेका थिए ।

निर्वाचित वडा कमिटिको उपाध्यक्षमा प्रेम नेपाली,सचिवमा नवराज श्रेष्ठ,सह–सचिवमा राजन कार्की,कोषाध्यक्षमा लक्ष्मी भुजेल र सचिवालय सदस्यहरुमा बुद्धि पोखरेल र कोपिला गैरे रहेका छन् ।

सम्मेलनले ९ सदस्यिय सल्लाहकार समिति समेत चयन गरेको छ । जसमा राम बहादुर थापा,प्रकाश पोखरेल, कृष्ण प्रसाद कोईराला, राम प्रसाद अधिकारी,पार्वती सिंम्खडा, यम प्रसाद कोईराला,केशर बहादुर श्रेष्ठ,राज कुमार सिंम्खडा र बिष्णु आले रहेका छन् ।

वडा कमिटिका अध्यक्ष मेघराज पोखरेलको अध्यक्षतामा सम्पन्न भएको तेस्रो वडा सम्मेलनमा माओवादी केन्द्रका केन्द्रिय सल्लाहकार बेधनिधि अधिकारीको प्रमुख आतिथ्यता रहेको थियो । निर्वाचित नयाँ कमिटिलाई सम्मेलन समारोहमा उपस्थित भई नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य तथा धादिङ ईन्चार्ज पुष्पबिक्रम मल्ल,माओवादी केन्द्र नीलकण्ठ नगरपालिकाका ईन्चार्ज हरि अधिकारी (आशिष), माओवादी केन्द्र बागमती प्रदेश सचिवालय सदस्य दिपक बिश्वकर्मा र नीलकण्ठ नगरपालिकाका ईन्चार्ज सम्भु कुमार श्रेष्ठले बधाई तथा शुभकामना प्रकट गर्नु भएको छ ।

स्रोत नीलकण्ठ एफ.एम.