“श्री हिमालयन आरुघाट बगैचा चर्च” आरुघाट गोर्खाको चर्च भवन उद्घाटन, जेठ २८ गते हुने

गोर्खा । आरुघाट गाउँपालिका वडा न. ९ मा रहेको “श्री हिमालयन आरुघाट बगैचा चर्च” को नब निर्मित भवन आगामी जेठ २८ गते हुने भएको छ ।

आरुघाट गाउँपालिका अध्यक्ष राजु गुरुङको प्रमुख आतिथ्यमा हुन लागिएको उक्त कार्यक्रममा प्रमुख बक्ता शेर बहादुर ए. सि.(AC) नेपाल राष्टिय मंडली संगति ( NCF ) का महासचिव रहनु हुनेछ

त्यस्तै विशेष अतिथिहरुमा आरुघाट गाउँपालिका उपाध्यक्ष कल्पना नेपाली, गोर्खाली ख्रीष्टियन समुदाय को अध्यक्ष देब बहादुर थापा , होम नेपालका डारेटर नवराज भारती लगायत अतिथिहरुमा गोर्खाली ख्रीष्टियन समाजका सम्पुर्ण सदस्यहरु र पालिका इसाइ समाजका ११ जना अध्यक्षहरु रहनु हुने सोही मण्डलीका अगुवा एबं गोर्खाली ख्रीष्टियन समुदायका उपाध्यक्ष समेत रहनु भएका रोमान्च मगर (भुजेल)ले होराईजन खबरलाई जानकारी दिनु भयो ।

त्यस्तै कार्यक्रम संचालन सोही मण्डलीका अगुवा ख्रीष्टियन एकता समाज युवा कमिटीका अध्यक्ष सबिन घले र गोर्खाली ख्रीष्टियन समुदायका उपाध्यक्ष रोमान्च मगर (भुजेल)ले गर्नु हुनेछ ।