धादिङ । नीलकण्ठ नगरपालिका वडा नम्बर १२ मा नीलकण्ठ नगरपालिकाको आयोजना र नेशनल जुनोशिस एण्ड फुड हाईजिन रिसर्च सेन्टर चागल काठमाण्डौँको संयोजनमा सामुदायिक कुकुरको बन्ध्याकरण गरीएको छ । सामुदायिक (छाडा) कुकुरका कारण समस्या बढेपछि शिविर नै राखेर ९० वटा कुकुरको स्थायी बन्ध्याकरण गरिएको हो । कुकुरलाई रेबिजविरुद्ध खोप र बिरामी कुकुरको उपचार समेत गरीएको छ ।
सामुदायिक कुकुरको संख्यामा कमी ल्याउन र रेबिजको प्रकोप न्यूनीकरण गर्न सामुदायिक कुकुरको बन्ध्याकरणका लागि शिविर सञ्चालन गरिएको हो ।शिविरमा खटिएको विज्ञसहितको टोलीले वडाको टोल–टोलमा पुगेर कुकुरलाई नियन्त्रणमा लिई शिविर स्थलमा ल्याइ बन्ध्याकरण लगायत उपचार गरेपश्चात नियन्त्रण लिइएको स्थानमै छाडीएको थियो ।
स्रोत : नीलकण्ठ एफ. एम.






