धादिङ । प्रदेश युवा परिषद् बागमतीले विभिन्न सीपमुलक तालिमका लागि आवेदन फाराम खुल्ला गरेको छ । बागमती प्रदेश सरकार, सामाजिक विकास मन्त्रालय, प्रदेश युवा परिषद् बागमती, जिल्ला युवा समिती धादिङले विभिन्न क्षेत्रको सीपमुलक तालिमका लागि आवेदन फाराम खुल्ला गरेको हो ।वेरोजगार युवा जनशक्तिहरुलाई श्रम बजार अनुकुलको ज्ञान र सीप प्रदान गरी रोजगारी र स्वरोजगारीका अवसरहरु सिर्जना गर्न युवा लक्षित आवेदन फारम खुल्ला गरिएको हो ।
इमेल, इन्टरनेटको पहुँच नपुगेका ठाउँबाट समितिले तोकेको फाराममा आफ्नो व्यक्तिगत विवरण भरी आवश्यक कागजात सहित चैत २२ गतेभित्रमा जिल्ला युवा समिति धादिङको कार्यालयमा फाराम बुझाउनुपर्नेछ । विशेष गरि निर्माण क्षेत्र, सेवा क्षेत्र, कृषि क्षेत्र, होटल तथा पर्यटन क्षेत्र र नर्सरी तथा गार्डेन व्यवस्थापन सम्बन्धी तालिम प्रदान गरिनेछ । १६ देखि ४० वर्ष सम्मका युवाहरु सहभागि हुन पाउनेछन् ।