समाचार प्रधानमन्त्री प्रचण्डले तेस्रो पटक पाए विश्वासको मत फाल्गुन ३०, २०८० काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत पाएका छन् । उनले प्रतिनिधिसभाका १५७ जनाको समर्थन पाएका छन् । २६८ जनाले मतदान गरेका थिए । ११० जनाले विपक्षमा मत दिए भने १ जना तटस्थ रहे ।