भोलि देखि हुने ‘सहिद मुकुन्द सेन स्मृति खुल्ला फुटबल’ प्रतियोगिता मुख्य मन्त्रीले उद्घाटन गर्ने

धादिङ । धादिङको नीलकण्ठ नगरपालिका ५ सुनौलाबजारमा भोली देखि सहिद मुकुन्द सेन स्मृति दोस्रो खुल्ला फुटबल नक आउट प्रतियोगिता हुने भएको छ ।

उक्त प्रतियोगिताको उद्घाटन बागमती प्रदेश सरकारका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले गर्ने भएका छन् । उक्त प्रतियोगितामा राष्ट्रिय स्तरका कलाकारहरु खेम सेन्चुरी, गीता सेन्चुरी, राजन परियार, सरिता दन्कुटी, दिक्षा खाँण ठकुरी लगायतका कलाकारहरुको प्रस्तुती रहने छ ।

यहि फागुन १९ गते (भोली) देखि  सुरु हुने उक्त प्रतियोगिता ७ दिन सम्म संचालन हुने आयोजकले जनाएको छ । नीलकण्ठ नगरपालिकाको सर्वाधिक पुरस्कार राशीको यस प्रतियोगिताको प्रथम पुरस्कार १ लाख २१ हजार १११ हजार, द्वितिय पुरस्कार ६० हजार ५१२, उत्कृष्ठ खेलाडी, सर्वाधिक गोलकर्ता र उत्कृष्ट गोलकिपरलाई ५–५ हजार पुरस्कार रहेको छ ।

एकातिर धार्मिक महत्त्व र अर्कोतिर यहाँबाट मनोरम प्राकृतिक सौन्दर्य अवलोकन गर्न सकिने छ,धादिङ बजारबाट करिब १८ किलोमिटरको दुरीमा रहेको भैरवी मन्दिर ,रघुनाथ मन्दिर र रानी पोखरी धार्मिक तथा पर्यटकीय हिसाबले निकै महत्वपूर्ण रहेको छ,यहाँबाट मनमोहक हिमालहरू लाङटाङ, गणेश, मानापाथी, घोडाघोडी लगायतका मनोरम दृश्य अवलोकन गर्न सकिने प्रतियोगिताका संयोजक लक्ष्मण रम्तेलले बताए ।