धादिङ । रुबीभ्याली १ को पुरु गाउँ निवासी पलयुल साम्तेन क्षाेलिङ गुम्बाकाे प्रमुख लामा अईता लामा ज्यु द्वारा दोर्जे लोपोन अर्थात् बज्र आचर्यको (ठि-देन) गद्धि आरोहण उपाधि प्राप्त गर्न सफल हुनु भएको छ ।
दक्षिणकाली नागरपालिका-९, टल्कुमा अवस्थित पूजनीय गुरूवर खेन रिन्पोछे साङ्गे राङ्ज्युङ रिन्पोछे ज्यु द्वारा संचलित पलयुल उर्गेन दाेजे क्षाेलिङ्ग गुम्बामा आदर्णीय गुरु समस्त प्राणीका रक्षक गुरु महाशरणनायक पेनोर रिन्पोछे ज्यु को चित्तपुत्र खेन्छेन पेमा शेरब रिन्पोछे ज्यु र खेन रिन्पोछे साङ्गे राङ्ज्युङ ज्युको बहुली बाट श्री अईता लामा ज्यूले बौद्द मार्गमा धेरै वर्षको अभ्यास र अध्ययन पश्चात् दोर्जे लोपोन अर्थात् बज्र आचर्यको (ठि-देन) गद्धि आरोहण उपाधि प्राप्त गर्न सफल हुनु भएको निमा दावा घलेले होराईजन खबरलाई बताउनु भयो ।