फोटो तथा दृश्य सम्पादन सम्बन्धि धादिङमा ३ दिने तालिम सम्पन्न

काठमाडौं। धादिङबेशीमा फोटो तथा दृश्य सम्पादन सम्बन्धी पत्रकारिता तालिम गरिएको छ । नीलकण्ठ नगरपालिकाको सहयोग धादिङका दलित तथा जनजाति पत्रकारलाई विद्युतिय प्रविधिसँग जोड्ने र पत्रकारिता पेशामा दक्ष बनाई आत्मनिर्भर बनाउने उद्देश्यले नेपाल आदिवासी जनजाति पत्रकार महासंघ(फोनिज) धादिङले आयोजना गरेको तालिम एक कार्यक्रमका विच बिहिबार सम्पन्न भएको हो ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ धादिङका अध्यक्ष राजाराम शर्माले पत्रकारहरुको हक अधिकार स्थापित गर्न पत्रकार महासंघले विशेष प्राथमिकता दिएर काम गरिरहेको बताए । यस्ता क्षमता विकास तालिमले पत्रकारको गुणत्मक विकास हुने र सिंगो पत्रकारितामा सकरात्मक प्रभाव पर्छ । यस तालिमले थप निखारता ल्याउने छ । पत्रकार महासंघले पनि निकट भविष्यमा तालिमको आयोजना गर्ने तयारी भइ रहेको उनले बताए ।

एडिटर एवम कन्टेन्ट क्रियटर धु्रवराज पराजुलीले सहजिकरण गर्नुभएको तालिममा धादिङका विभिन्न सञ्चार माध्यममा आवद्ध ३१ जना दलित र जनजाति पत्रकारहरु सहभागी रहेका थिए । सहभागी पत्रकारहरुले सिकेको कुरा व्यवहारमा उतार्ने बताएका छन् । माघ २३ गते मंगलबारदेखि सुरु गरिएको तीन दिने पत्रकारिता तालिम विहिबार एक कार्यक्रमका विच समापन गरिएको हो ।