धादिङ । खनियाबास गाउँपालिकामा “कृषि बिज्ञान केन्द्र” निर्माण तथा संचालन बिषयमा गाउँपालिका अध्यक्ष रण बहादुर तामाङले विशेष पहल गर्नु भएको छ ।
कृषी तथा वन विज्ञान विश्वबिद्यालयका डिन प्रो. डा. अर्जुन कुमार श्रेष्ठ लगायत उहाँको टिम सँग उक्त बिषयमा ब्यापक छलफल तथा भेटघाट गरिएको अध्यक्ष तामाङले बताउनु भयो ।
त्यस्तै संरचना निर्माणको डि.पि.आर. पहिलै तयार भै सकेकोले कार्यक्रमको निमार्ण कार्यको थालनी यसै आर्थिक बर्षबाट हुने तामाङ बताउनु हुन्छ ।