डिम्दुङ समाज नेपालले गरेको देउसी भैलो कार्यक्रम बाट संकलन रकम बिरामीलाई प्रदान

धादिङ । डिम्दुङ समाज नेपाल द्वारा आयोजित देउसी भैलो कार्यक्रम द्वारा संकलन भएको रकम रुबीभ्याली गाउँपालिकाका जटिल रोगले पीडितहरुलाई हस्तान्तरण गरिएको छ ।

गत बर्ष मात्र काठमाडौमा दर्ता भएको तामाङ जातिहरुको डिम्दुङ थरका सदस्यहरु आबद्ध यस संस्थाले गरेको देउसी भैलो कार्यक्रमको नेतृत्व म्हेन्दोमाया गायक तथा हास्य कलाकार बिकल लामाले गर्नु भएको थियो भने कार्यक्रमको संयोजक डिम्दुङ समाज नेपालका कोषाध्यक्ष नोर्चिउ लामा तामाङले गर्नु भएको थियो भने कार्यक्रमको ब्यवस्थापन यसै संस्थाका सचिव कृसमान तामाङले गर्नु भएको थियोे ।

विभिन्न जटिल रोगहरुले ग्रसित बिरामीहरु रुबिभ्यली गा.पा. २ कि बबिता तामाङ, वडा न. ५ का मृगौला पीडित राम बहादुर तामाङ, वडा न ३ को मिल्सिङ तामाङ र चन्द्र तामाङलाई आर्थिक सहयोग स्वरुप हस्तान्तरण गरिएको हो ।

उक्त सहयोग रकम लामो समय देखि कला संस्कृतिलाई जोगाउन लागि परेका म्हेन्दोमाया गायक तथा हास्यकलाकार एबं सामाजिक अभियान्ता बिकल लामा( फुन्चो तामाङ)को मुख्य पहलमा हस्तान्तरण गरिएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here