रुबीभ्याली ३ सेर्तुङमा कराँते खेलको ग्रेडिङ सम्पन्न

धादिङ । रुबीभ्याली गाउँपालिकामा पहिलो पटक मंगलबार कराँतेको ग्रेडिङ सम्पन्न भएको छ रुबीभ्यालीको ४ विद्यालयहरु च्याम्रा देवि, दोङदेन, मुक्राप देवि र लापा माध्यामिक विद्यालयहरुमा कराते खेल भैरहेको छ । जस् मध्य ओम लामाले सिकाउने रुबीभ्याली ३ सेर्तुङमा रहेको चाम्रादेवी माविमा आज जुनियर कराँते ग्रेडिङ कार्यक्रम सम्पन्न भएको हो ।

उक्त कार्यक्रममा गाउँपालिका अध्यक्ष राम सिंह तामाङको प्रमुख आतिथ्या एबं उपाध्याक्ष, फेलामा तामाङको विशेष आतिथ्यता एबं वडा न. ३ का अध्यक्ष फेदोर्जे लामा लगायतको आतिथ्य रहेकोे थियो भने उक्त ग्रेडिङ कार्यक्रमको मुल्याङ्कन जिल्ला खेलकुद विकास समिति धादिङका कराँते प्रशिक्षक भिमबहादुर गुरुङले गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here