अन्तर्राष्ट्रिय धादिङ समाजले रुबीभ्याली ६ को आगलागी पीडितलाई आवस्यक जस्ता सहयोग प्रदान

धादिङ । गत बैशाख १९ गते आगलागी भै घरको पुर्ण रुपमा क्षति भएका आर्थिक रुपमा कमजोर रुबीभ्याली ६ का अजय तामाङलाई तत्काल अति आवस्यक जस्ता अन्तर्राष्ट्रिय धादिङ समाज द्वारा सहयोग हस्तान्तरण गरेको छ ।

सोमबार भएको उक्त कार्यक्रममा संस्थाका अध्यक्ष हाल बेलायतमा रहनु हुने राजन खकुरालको नेतृत्वमा आर्थिक ब्यबस्थापन गरि बरिस्ठ उपाध्यक्ष एबं सामाजिक अभियान्ता दिनेश तामाङको प्रमुख पहल तथा तामाङको प्रत्यक्ष सहभागीतामा उक्त अति आवस्यक जस्ता खरिद गरि हस्तान्तरण गरिएको हो ।

साथै अति आवस्यक जस्ता पाए संगै आगलागी पीडित अजय तामाङ एबं उहाँका बुबा नुर्बा तामाङले खुसी हुदै सहयोगी संस्थालाई धन्यवाद व्यक्त गर्नु भयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here