धादिङ । प्रदेश तथा प्रतिनिधि सभा सांसदहरु बिना लामा र डम्बर तामाङ द्वारा गजुरीमा शनिबार भेटघाट तथा समिक्षा कार्यक्रमको आयोजना गरिएको छ ।
कार्यक्रममा धादिङका ६ वटा गाउँपालिकाको राप्रपाका अध्यक्षहरुसंग पार्टीको कमजोरी लगायत विविध बिषयमा समीक्षा गरिएको थियो ।
छलफलमा प्रदेश सभा सदस्य डम्बर तामाङले गणेश हिमाल मुनि देखी काठमाडौ सिमाना सम्मका सबै स्थानीय नेताहरुले अब कुनै पनि चिन्ता लिनु नपर्ने बताए ।