नेपालमा आज भूकम्पका एकैदिन तीन धक्का: गोर्खा, दोलखा र लमजुङमा केन्द्र बिन्दु

काठमाडौं । भूकम्पका आज एकैदिन तीन धक्का मापन गरिएको छ । देशका तीन ठाउँमा फरक–फरक समयमा तीन धक्का मापन गरिएको हो ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार आज ३ म्याग्निच्युडदेखि माथिका तीन धक्का मापन गरिएको छ ।

केन्द्रका अनुसार आज बिहान ३ बजेर १९ मिनेटमा गोरखाको पात्लेखर्क आसपास केन्द्रविन्दु भएको ४.१ म्याग्निच्युडको भूकम्पको धक्का मापन गरिएको थियो ।

त्यसपछि आजै बिहान ११ बजेर २७ मिनेटमा दोलखाको भोर्ले झरना आसपास केन्द्रविन्दु भएको ५.२ म्याग्निच्युडको भूकम्पको धक्का मापन गरिएको थियो ।

त्यसको १२ मिनेटपछि लमजुङको मालिङ आसपास केन्द्रविन्दु भएको ३.८ म्याग्निच्युडको भूकम्पको धक्का मापन गरिएको केन्द्रले जनाएको छ । यी तीनै धक्का परकम्प हुन् ।

यसअघि, यही चैत १४ गते ताप्लेजुङ केन्द्रविन्दु भएर ४.६ म्याग्निच्युडको भूकम्प गएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here