धादिङ । एमालेको दुई महीने ‘मिसन ग्रासरुट’ अभियान अन्तर्गत रुबीभ्याली गाउँपालिका कमिटी द्वारा आयोजित कार्यक्रमलाई सम्बोधन गर्न चैत २६ गते पुर्वप्रधानमन्त्री एबं नेकपा अध्यक्ष ओलि रुबीभ्यालीको सेर्तुङ आउन लाग्नु भएको एमाले नेता पुरन तामाङले होराईजन खबरलाई जानकारी दिनु भयो । बृहत सांस्कृतिक सहितको आम सभालाई सम्बोधन गर्नुको सथै उक्त दिन नै अध्यक्ष ओलिले रुबीभ्यालीको पाङसाङ पास समेत घुम्ने कार्यक्रम रहेको बताउनु भयो ।
एमालेले संगठन विस्तारका लागि ‘मिसन ग्रासरुट’ अभियान संचालन गरेको हो । यस अभियान अन्तर्गत सदस्यता नवीकरण, प्रशिक्षण, जनप्रतिनिधि र पार्टीको सम्बन्ध सुधार, पार्टीबारे राय सुझाव लिने जस्ता काम गरिने छ ।