यूरोपेली संघकी राजदूत र प्रधानमन्त्री बीच भेटवार्ता: द्विपक्षीय हित र विकासमा सहकार्य गर्ने

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग नेपालका लागि यूरोपेली संघका राजदूतको टोलीले भेट गरेको छ । राजदूत नोना डोप्रेजको टोली प्रधानमन्त्रीलाई भेटेका हुन् ।

प्रधानमन्त्रीको सचिवालयका अनुसार भेटमा द्विपक्षीय हित र विकासमा सहकार्य गर्ने विषयमा छलफल भएको छ । साथै, सम्बन्धलाई मजबुत बनाउन र शिक्षा, आर्थिक सहकार्य र लगानीका विषयमा पनि छलफल भएको छ ।

त्यस अवसरमा राजदूत डोप्रेजले अर्को महिना दुई देशका संयुक्त आयोगको बैठकल बस्ने प्रधानमन्त्रीलाई जानकारी गराइन् ।
 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here