नेपाल तरुण दल धादिङका अध्यक्ष गोपाल विश्वकर्मा द्वारा राजीनामा

धादिङ । नेपाल तरुण दल धादिङका अध्यक्ष गोपाल विश्वकर्माले आफ्नो पदबाट राजीनामा दिएका छन्।
दलको विधानअनुसार उमेर हदका कारण पदमा निरन्तर बस्न नमिल्ने अवस्था सिर्जना हुनुका साथै हालै सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा धादिङका दुवै क्षेत्रमा भएको पराजयको नैतिक जिम्मेवारी लिँदै उनले राजीनामा दिएका हुन्।
विश्वकर्माले आफ्नो कार्यकालमा सहयोग गर्ने नेपाली कांग्रेसप्रति आस्था राख्ने सम्पूर्ण नेता तथा कार्यकर्ताहरूलाई धन्यवाद व्यक्त गरेका छन्। साथै, उनले आगामी नयाँ नेतृत्वलाई स्वागत गर्दै संगठनलाई अझ सशक्त, सक्रिय र ऊर्जाशील बनाउने विश्वास व्यक्त गरेका छन्।