शिखर पावरको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

काठमाडौं। शिखर पावर डेभलपमेन्ट लिमिटेड ले सर्वसाधारणका लागि निष्काशन गरेको आईपीओमा आवेदन दिने आज मंगलबार अन्तिम दिन रहेको छ।

कम्पनीले फागुन १७ गतेदेखि १८ करोड ४२ लाख ६० हजार रुपैयाँबराबरको १८ लाख ४२ हजार ६०० कित्ता साधारण सेयर (आईपीओ) बिक्री खुला गरेको हो। उक्त आईपीओमा लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतम १० हजार कित्तासम्म आवेदन दिन सक्ने व्यवस्था गरिएको छ।
कम्पनीले सञ्चालन गरेको ४.९६ मेगावाट क्षमताको भिमखोला साना जलविद्युत आयोजनाको कुल लागत १ अर्ब १९ करोड ९४ लाख ३५ हजार रुपैयाँभन्दा बढी रहेको छ। आयोजनाको प्रति मेगावाट लागत करिब २४ करोड १८ लाख रुपैयाँ रहेको कम्पनीले जनाएको छ।
उक्त आयोजनाबाट २०८१ फागुन २५ गतेदेखि व्यावसायिक विद्युत उत्पादन सुरु भइसकेको छ। आयोजनाको विद्युत उत्पादन अनुमतिपत्र अवधि अझै २९.०८ वर्ष बाँकी रहेको छ। कम्पनीका अनुसार साधारण रूपमा लगानी फिर्ता हुने अवधि ८.९२ वर्ष र डिस्काउण्ट आधारमा