नेपाली कम्युनिस्ट पार्टी रुवीभ्याली गाउँपालिकाको पहिलो एकता कार्यदल बैठक सम्पन्न

धादिङ । नेपाली कम्युनिस्ट पार्टी रुवीभ्याली गाउँपालिकाको पहिलो एकता कार्यदल बैठक सम्पन्न भएको छ।

तत्कालीन एकीकृत समाजवादीका रुवीभ्याली इन्चार्ज जीवन तामाङको अध्यक्षतामा बसेको बैठकमा विविध विषयमा छलफल गर्दै आवश्यक निर्णयहरू गरिएका छन्।

बैठकमा आगामी मंसिर २० गते हुने जिल्ला स्तरीय विस्तारित बैठक, मंसिर २३ गते बागमती प्रदेशस्तरीय एकता सन्देश सभामा रुवीभ्यालीको सहभागिता तथा मंसिर २९ गते गाउँपालिकामै आयोजना हुने एकता सन्देश सभा तयारीबारे विस्तृत रुपमा चर्चा भएको थियो।

कार्यक्रममा तत्कालीन नेकपा माओवादी केन्द्रका रुवीभ्याली इन्चार्ज मिम्बा तामाङ, गाउँपालिका उपाध्यक्ष विपिन तामाङ, गजेन्द्र गुरुङ, सचिव म्लङ्गे तामाङ, विद्यार्थी नेता बिमल तामाङ, त्यस्तै तत्कालीन एकीकृत समाजवादीका इन्चार्ज जीवन तामाङ, निर्वाचित वडा अध्यक्ष तथा युवा संघ धादिङ जिल्ला उपाध्यक्ष समिर गुरुङ रुवीभ्याली अनेरास्ववियु संयोजक पृथ्वी गुरुङ, राज गोम्जा तामाङ लगायतको उपस्थिति रहेको थियो।