काठमाडौं भित्रिन र बाहिरिन ३ दिनसम्म रोक

काठमाडौं । लगातारको वर्षा र पहिरोको जोखिमका कारण काठमाडौं उपत्यका भित्रिने र बाहिरिने सबै सवारी आवागमन तीन दिनका लागि रोक लगाइएको छ। सुरक्षालाई मध्यनजर गर्दै प्रहरीले नागढुंगा लगायतका प्रमुख नाकामा यात्रुहरूलाई फर्कन आग्रह गरेको छ।

नागढुंगा चेकपोस्टमा माइकिङ गर्दै प्रहरीले भनेको छ, “अगाडि नबढ्नुहोस्, काठमाडौं फिर्ता भई सुरक्षित रहनुहोस्।”

वातावरणीय जोखिम बढेकाले सडक विभाग र मौसम विज्ञहरूले समेत केही दिन राजमार्ग बन्द राख्नु उचित हुने सुझाएका छन्।
चितवन, धादिङ र तनहुँ क्षेत्रका स्थानीय प्रशासनले पनि राति यात्रा नगर्न नागरिकलाई अनुरोध गरेका छन्।