नेपाल पर्वतारोहण संघको अध्यक्षमा फुर गेल्जे शेर्पा निर्वाचित: कांग्रेस एमाले गठबन्धन पराजित

काठमाडौं । नेपाल पर्वतारोहण संघ (NMA)को नयाँ नेतृत्व चयनका लागि सम्पन्न निर्वाचनमा फुर गेल्जे शेर्पा अध्यक्ष पदमा निर्वाचित भएका छन्। उनले कुलबहादुर गुरुङलाई ५४ मतको अन्तरले पराजित गरे। शेर्पाको समूहमा माओवादी केन्द्र र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) निकट पर्यटन व्यवसायीहरू थिए, जसले कांग्रेस–एमाले गठबन्धन समर्थित समूहलाई पराजित गर्दै अधिकांश पदमा जित हासिल गर्‍यो।

🔹 निर्वाचित पदाधिकारीहरू:
अध्यक्ष: फुर गेल्जे शेर्पा
वरिष्ठ उपाध्यक्ष: ईश्वर पौडेल
प्रथम उपाध्यक्ष: मिङ्मा ग्याबो शेर्पा
द्वितीय उपाध्यक्ष: बोधराज भण्डारी
महासचिव: राजेन्द्रबहादुर लामा
सचिव: चन्दन थापा
कोषाध्यक्ष: ङिमा नुर्बु शेर्पा / सुमी लामा (बराबरी मत, कार्यकाल बाँड्ने सहमति)

सदस्यहरू:
माधव धमला, केदार न्यौपाने, थुप्देन शेर्पा, गोकुल थापा, मुलाल गुरुङ, देण्डी शेर्पा, विक्रम कार्की, रिञ्जे शेर्पा, देवेन्द्र डंगोल, दिकी शेर्पा, निशा भोटे।