नेपालको लिपुलेक हुँदै व्यापार पुनः सुरु गर्ने चीन–भारतको सहमति

काठमाडौं । चीनका विदेशमन्त्री वाङ यीको भारत भ्रमणका क्रममा दुवै देशबीच लिपुलेकसहित तीन नाकामार्फत सीमा व्यापार पुनः सञ्चालन गर्ने सहमति भएको छ।

नयाँ दिल्लीमा वाङ यी र भारतीय विदेशमन्त्री एस. जयशंकरबीच भएको उच्चस्तरीय भेटवार्तापछि सार्वजनिक गरिएको विज्ञप्तिमा १२ बुँदे सहमति उल्लेख गरिएको छ। त्यसको नवौँ बुँदामा लिपुलेक पास, शिप्कीला पास र नाथुला पासमार्फत व्यापार गर्ने सहमति जनाइएको हो।

भारत–चीनबीच गलवान उपत्यकामा भएको झडपपछि लामो समय तनाव रहँदै आएको अवस्थामा यो सहमति महत्वपूर्ण कदम मानिएको छ।