हेटौंडा । बागमती प्रदेश सरकारमा नेपाली कांग्रेसको तर्फबाट मन्त्री रहेका चार जना नेताले आज संयुक्त रुपमा पदबाट राजीनामा दिएका छन्। राजीनामा दिने मन्त्रीहरूमा:
संस्कृति तथा पर्यटन मन्त्री विमल ठकुरी
सहकारी तथा गरिबी निवारण मन्त्री मदुकुमार श्रेष्ठ
युवा तथा खेलकुद मन्त्री मीनकृष्ण महर्जन
आन्तरिक मामिला तथा कानुन मन्त्री सुरजचन्द्र लामिछाने
यी चारै जना मन्त्रीहरूले मुख्यमन्त्री बहादुरसिंह लामालाई व्हाट्सएपमार्फत राजीनामा बुझाएका छन्।
स्रोतका अनुसार, कांग्रेस संसदीय दलका नेतासमेत रहेका मुख्यमन्त्री लामाविरुद्ध २४ जना सांसदले हस्ताक्षर गर्दै अविश्वासको तयारी गरिरहेका छन्। यो राजीनामा सोही प्रयासको एउटा भाग हो भन्ने जनाइएको छ।
राजीनामा दिने मन्त्रीहरू केही दिनअघि मात्र कांग्रेस सभापति शेरबहादुर देउवासँग भेटेका थिए। यस भेटपछिको घटनाक्रमलाई महत्त्वपूर्ण राजनीतिक संकेतका रूपमा हेरिएको छ।






