त्रिपुरासुन्दरी गाउँपालिकामा असार ३० गते सार्वजनिक सुनुवाइ कार्यक्रम हुने

धादिङ । त्रिपुरासुन्दरी गाउँपालिका, धादिङले गाउँपालिका क्षेत्रभित्र सञ्चालन भएका योजना तथा कार्यक्रमहरूको प्रभावकारिता र सेवा प्रवाहको अवस्थाबारे सार्वजनिक सुनुवाइ गर्ने भएको छ।

गाउँपालिका एक सूचना जारी गर्दै असार ३० गते बिहान १०:०० बजे गाउँपालिकाको कार्यालयमा सार्वजनिक सुनुवाइ कार्यक्रम आयोजना गरिने उल्लेख गरिएको छ।

सूचनामा जनप्रतिनिधि, कर्मचारी, पत्रकार, बुद्धिजीवी, नागरिक समाज, राजनीतिक दल, सेवाग्राही, शिक्षक, विद्यार्थी र सरोकारवालाहरूलाई कार्यक्रममा अनिवार्य रूपमा उपस्थित भइ आफ्ना सुझाव, गुनासो र धारणा राख्न आग्रह गरिएको छ।

गाउँपालिकाले वडास्तरीय कार्यालय तथा शिक्षा, स्वास्थ्य, योजना र कार्यक्रमहरूको प्रभावकारीता तथा सेवा प्रवाहको समग्र अवस्थाबारे सर्वसाधारणसँग प्रत्यक्ष रूपमा छलफल गरी सुधारका उपाय तय गर्ने उद्देश्यले सार्वजनिक सुनुवाइ आयोजना गर्न लागेको जनाएको छ।

कार्यक्रममा सहभागी हुन सम्पूर्ण सरोकारवाला पक्षलाई आमन्त्रित गरिएको गाउँपालिका कार्यालयले जानकारी दिएको छ।