धादिङ । त्रिपुरासुन्दरी गाउँपालिका वडा नं. ४ मा आज शुक्रबार न्यायिक तथा कानुनी सचेतनासम्बन्धि अभिमुखीकरण तथा अन्तक्रिया कार्यक्रम सम्पन्न भएको छ।
वडा कार्यालयको सभा हलमा आयोजित कार्यक्रममा त्रिपुरासुन्दरी गाउँपालिकाका उपाध्यक्ष तथा न्यायिक समिति संयोजक देवराज धरेलको सभाध्यक्षता रहेको थियो। कार्यक्रममा विशेष गरी वडा नं. ४ भित्र रहेका दलित तथा पछाडि पारिएका वर्गलाई लक्षित गरी कानुनी सचेतना, सकारात्मक सोच र व्यवहारिक नीति नियमबारे जानकारी प्रदान गरिएको थियो।
कार्यक्रममा न्यायिक सहजकर्ता उर्मिला म्याडमले उपस्थितलाई विभिन्न कानुनी विषयमा अभिमुखीकरण गराएकी थिइन्। कार्यक्रममा वडा नं. ४ का वडाध्यक्ष कपिलदेव सिंखडा, अन्य जनप्रतिनिधि, वडा कर्मचारी, मेलमिलापकर्ता तथा स्थानीय नागरिकहरूको उल्लेख्य सहभागिता रहेको थियो।
न्यायिक शाखाको आयोजनामा सम्पन्न उक्त कार्यक्रममा सहभागिहरूले यस प्रकारको कार्यक्रमले जनस्तरसम्म कानुनी सचेतना फैलाउन ठूलो भूमिका खेल्ने बताएका थिए।