खनियाबास १ मा दुई दिने टोलस्तरीय योजना अभिमुखीकरण कार्यशाला सम्पन्न

धादिङ । खनियाबास गाउँपालिका वडा नम्बर १ मा दुई दिने टोलस्तरीय योजना अभिमुखीकरण कार्यशाला गोष्ठी सम्पन्न भएको छ।

वडा अध्यक्ष सोनाम तामाङको अध्यक्षतामा आयोजित उक्त कार्यक्रममा वडा सदस्यहरू, वडा सचिव सुजा गुरुङ तथा सम्पूर्ण वडा नं १ का कर्मचारीहरूको उपस्थिति रहेको थियो।

हिजोबाट सुरु भएको कार्यशालामा वडा भित्रका विभिन्न टोलहरूमा भेला गरी योजना अभिमुखीकरण गराइएको र आज अन्तिम दिन कार्यक्रम सम्पन्न गरिएको मानिस तामाङले होराईजन खबरलाई जानकारी दिनु भयो ।

कार्यक्रमले वडा स्तरमा योजनाको आवश्यकता, प्राथमिकता तथा कार्यान्वयन प्रक्रिया बारे स्थानीयहरूलाई जानकारी गराउनुका साथै टोलस्तरीय योजनाहरूलाई प्रभावकारी बनाउन योगदान पुर्याउने विश्वास लिइएको छ।