धादिङ । रूबी भ्याली गाउँपालिका, धादिङले गाउँपालिकाभित्र पाइने बहुमूल्य जडीबुटीको संरक्षण र सदुपयोग गर्नका लागि जडीबुटी प्रवर्द्धन तालिम सञ्चालन गर्ने भएको छ।
गाउँपालिकाका अनुसार तालिममा प्रत्येक वडा बाट ३/३ जना गरी १८ जना सहभागी छनोट गरिनेछ। इच्छुक सहकारी संस्था, कृषक समूह तथा जडीबुटीमा रुचि राख्ने व्यक्तिहरूले ७ दिनभित्र आवश्यक कागजातसहित आवेदन दिन सक्नेछन्।
आवश्यक कागजातमा निवेदन, नागरिकताको प्रतिलिपि र वडा कार्यालयको सिफारिस अनिवार्य गरिएको छ।
आवेदन बोराङ आयुर्वेद अस्पतालको कार्यालय वा रूबी भ्याली गाउँपालिकाको कार्यालय सेर्तुङमा बुझाउन सकिनेछ।
तालिमका लागि थप जानकारी तथा सम्पर्कका लागि आयुर्वेद शाखा प्रमुख जय बहादुर रोकाया (९८४०५२००५४) सँग सम्पर्क गर्न अनुरोध गरिएको छ।
गाउँपालिकाले तालिममार्फत स्थानिय बासिन्दालाई जडीबुटी व्यवस्थापन, संरक्षण र व्यापारिक सम्भावनाका विषयमा जानकारी दिने जनाएको छ।






