रुवीभ्याली ५ लापाका सुरमन दुधराज गम्भीर बिरामी, आर्थिक सहयोगको अपिल

धादिङ । रुबीभ्याली गाउँपालिका–५ लापा गाउँका सुरमन दुधराज गम्भीर बिरामी परेका छन्। स्वास्थ्य अवस्था जटिल बन्दै गएपछि उनी हाल काठमाडौंस्थित शिक्षण अस्पताल, महाराजगञ्जमा उपचाररत छन्।

पछिल्लो पाँच दिनदेखि अस्पतालको ICU Monitor मा राखेर उपचार भइरहेको दुधराजको फोक्सोमा पानी जमेको र पाचन प्रणाली कुहिएको चिकित्सकको रिपोर्टमा उल्लेख छ। सास फेर्न समस्या भएपछि आकस्मिक अवस्था सिर्जना भएको र थप उपचारको आवश्यकता रहेको परिवारले जानकारी दिएको छ।

परिवारका अनुसार, आर्थिक अवस्था कमजोर भएकाले उपचार खर्च व्यवस्थापनमा समस्या आइरहेको छ। त्यसैले देश तथा विदेशमा रहनु भएका दाजुभाइ, दिदीबहिनी, सहयोगी मनकारीहरूसँग आर्थिक सहयोगका लागि अपिल गरिएको छ।

सहयोग गर्न चाहने महानुभावहरूले नगद तथा मोबाइल बैंकिङमार्फत निम्न नम्बरहरूमा सम्पर्क गर्न सकिनेछ।

सम्पर्क:
दावा तामाङ – 9869105959
सुदिप तामाङ – 9862116239
मरियम दुधराज – 9840570475
बिरामीकी श्रीमती – 98664221829

गाउँकै सुदिप तामाङमार्फत नगद सहायता संकलनको व्यवस्था गरिएको छ।

सहयोगी मनहरूबाट प्राप्त रकमले सुरमन दुधराजको जीवन रक्षामा महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास लिइएको छ।

सहयोगको लागि Dawa Tamang
1460097954800001
Kumari Bank