अन्तरास्ट्रिय खबर । भारतले आतंकवादी आक्रमणको जवाफस्वरूप पाकिस्तान र पाकिस्तान नियन्त्रित कश्मिरका विभिन्न स्थानमा सैनिक कारबाही गरेको छ। भारतीय सेनाले यस कारबाहीलाई ‘अपरेसन सिन्दुर’ को नाम दिएको छ।
भारतीय रक्षा मन्त्रालयले सार्वजनिक गरेको विवरणअनुसार, केही दिनअघि पहलगाममा भएको आक्रमणमा २५ जना भारतीय र १ जना नेपाली नागरिकको मृत्यु भएपछि यो कारबाही गरिएको हो।
स्रोतका अनुसार, सैन्य कारबाहीका क्रममा पाकिस्तानभित्र र कश्मिरका आतंकवादी पूर्वाधारहरूलाई निशाना बनाइएको छ। तर, सैन्य मुख्यालयमा भने आक्रमण नगरिएको भारतीय पक्षको दाबी छ।
पाकिस्तानी सञ्चारमाध्यमले पनि भारतबाट आक्रमण भएको पुष्टि गर्दै विभिन्न स्थानमा विस्फोटको आवाज सुनिएको जनाएका छन्।
पाकिस्तानी सेनाले भने आफूले उपयुक्त समयमा जवाफ दिने चेतावनी दिएको छ।
भारतले कारबाहीका क्रममा निशाना छान्न र कारबाहीको प्रकृतिमा विशेष संयमता अपनाइएको बताएको छ।






