धादिङका प्रोशेष पाण्डे ‘भ्वाइस अफ नेपाल’ सिजन ६ का विजेता बन्न सफल

धादिङ । चर्चित सांगीतिक रियालिटी शो ‘भ्वाइस अफ नेपाल’ सिजन ६ को उपाधि धादिङका प्रोशेष पाण्डेले जितेका छन्। गजुरी गाउँपालिकाका पाण्डेले शुक्रबार राति सम्पन्न ग्राण्ड फिनालेमा सबै प्रतिस्पर्धीलाई पछि पार्दै उपाधि हात पारेका हुन्।

कोच खेम सेन्चुरीको टोलीबाट प्रतिस्पर्धा गरेका पाण्डेले उपाधि जितेसँगै नगद २० लाख रुपैयाँ प्राप्त गरेका छन्। साथै, अन्य दुई प्रायोजकबाट १/१ लाख रुपैयाँ थप पुरस्कार पनि पाएका छन्।

अन्य उपाधि विजेता :

फस्ट रनरअप : खोटाङका रोशन राई (कोच मेलिना राई)

सेकेन्ड रनरअप : इलामका प्रमेश राई (कोच राजु लामा)

थर्ड रनरअप : सिक्किमकी अर्पणा आचार्य (कोच उदय सोताङ)

धादिङका प्रोशेषले जितेको यो उपाधिले जिल्लाको सांगीतिक क्षेत्रलाई थप हौसला दिएको छ।