न्यु किबो बोर्डिङ स्कुलमा बुक फ्री फ्राइडे र फुटबल प्रतियोगिता सम्पन्न

धादिङ । न्यु किबो बोर्डिङ स्कुलले शुक्रबारलाई विशेष बनाउँदै ‘बुक फ्री फ्राइडे’ को अवसरमा विभिन्न अतिरिक्त क्रियाकलापहरु आयोजना गरेको छ। अतिरिक्त क्रियाकलाप संयोजक अनुप भट्टका अनुसार कक्षा १ देखि १० सम्मका विद्यार्थीहरुबीच अङ्ग्रेजी हस्तलेखन प्रतियोगिता सञ्चालन गरिएको थियो।

सोही अवसरमा अन्तर्राष्ट्रिय श्रम दिवसबाट सुरु भएको Kibou Football Competition-2082 को फाइनल खेल तथा समापन कार्यक्रम पनि सम्पन्न भएको छ। आठ समूह सम्मिलित प्रतियोगितामा ब्रोदरहुड फुटबल क्लब (B.F.C.) ले उपाधि जितेको छ। फुटबल क्लब थन्डर्स (F.C. Thunders) दोस्रो तथा किबो फुटबल क्लब (K.F.C.) तेस्रो भएका छन्।

विजेता समूहलाई विद्यालयका प्रधानाध्यापक प्रयास रेग्मी, सञ्चालक समितिका अध्यक्ष तथा विद्यालय निर्देशक काशिनाथ कोइराला, विद्यालय संयोजक सिताराम महत, तेक्वान्दो प्रशिक्षक गौतम श्रेष्ठ र खेलकुद शिक्षक विनोद मगरले प्रमाणपत्र, मेडल र ट्रफी वितरण गरेका थिए।

कार्यक्रमको अध्यक्षता गर्दै प्रधानाध्यापक रेग्मीले विद्यार्थीहरुको सर्वाङ्गिण विकासका लागि विद्यालयले सधैं विभिन्न किसिमका अतिरिक्त क्रियाकलापहरु सञ्चालन गर्दै आइरहेको र यसले विद्यालयलाई जिल्लाकै नमुना शिक्षालयको रुपमा स्थापित गराएको बताउनु भयो।