धादिङ । त्रिपुरासुन्दरी गाउँपालिका-२, आरुघाट नजिकै बुढीगण्डकी खोलाको बीच भागमा एक पुरुषको शव फेला परेको छ।
स्थानीयले खोलामा आधा शरीर देखिएको अवस्थामा शव देखेपछि प्रहरीलाई खबर गरेका थिए। अहिले प्रहरी र स्थानीयवासीको सहयोगमा शवको उद्दार कार्य भइरहेको छ। मृतकको पहिचान खुल्न बाँकी रहेको छ।
यस क्षेत्र वरपर कोही बेपत्ता भएका छन् भने वा खोलाले बगाएको आशंका भएमा तुरुन्तै सल्यान्टार प्रहरी चौकीमा सम्पर्क गर्न अनुरोध गरिएको छ। शवको पहिचान र घटनाको थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।