धादिङ । रुवीभ्याली गाउँपालिकाले कर्मचारी र जनप्रतिनिधिहरुलाई स्थानीय तह संस्थागत क्षमता स्वमुल्याङ्कण (लिजा) र स्थानीय तह वित्तिय सुशासन जोखिम मुल्याङ्कण (एफआरए) अभिमुखिकरण सम्बन्धि तालिम सम्पन्न गरेको छ ।
“शासकीय प्रबन्ध, संगठन तथा प्रशासन, बार्षिक बजेट, वित्तिय एवं आर्थिक ब्यबस्थापन, सेवा प्रवाह, न्यायिक कार्यसम्पादन, भौतिक पूर्वाधार, सामाजिक समावेशीकरण, वातावरण संरक्षण तथा विपद व्यवस्थापन, सहकार्य र समन्वय स्थानीय तह संस्थागत क्षमता मुल्याङ्कनका विषयगत क्षेत्रहरुमा कसरी राम्रो बनाउन सकिन्छ भन्ने विषयमा अभिमुखिकरण तालिम दिइएको गाउँपालिकाका अध्यक्ष रामसिंह तामाङले बताए ।”
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीयतहहरुलाई आफ्नो मूल्याङ्कन आफै गर्ने सूचक बनाएर स्व–मूल्याङ्कन पद्धतिको विकास गर्दै सोही आधारमा बजेट तथा अन्य सेवा सुविधा थपघट गर्ने नीति कार्यान्वयन गर्दै आएको छ ।
जस अनुसार मन्त्रालयले ‘संस्थागत क्षमता स्वमूल्याङ्कन कार्यविधि ०७७’ बनाएर वर्षेनी स्थानीयतह, प्रदेश हुँदै संघीय सरकारमार्फत कामकाजको मापन गर्दै नतिजा सार्वजनिक गर्ने गरेको छ । जस अनुसार फरकफरक विषयक्षेत्र (सूचक) बनाएर १ सय पूर्णाङ्कका अङ्कभार तोकेर ‘स्थानीयतह संस्थागत क्षमता स्व–मूल्याङ्कन (लिजा)’ र ‘स्थानीयतह वित्तीय सुशासन जोखिम मूयाङकन (एफआरए)’मार्फत मूल्याङ्कन गर्ने गरिएको छ । दुवै मापक अनुसार अघिल्लो आर्थिकवर्षमा स्थानीयतहहरुले गर्ने गरेका समग्र गतिबिधिको मूल्याङ्कन गर्ने गरिएको प्रमुख प्रशासकीय अधिकृत नविन कुमार गोलेले जानकारी दिए ।