धादिङ । शुक्रबारलाई विशेष बनाउदै नीलकण्ठ ३ स्थित पुछार बजारमा रहेको न्यु किबो बोर्डिङले विभिन्न कार्यक्रम गरेर बुक फ्री फ्राइडे मनाएको छ ।
अतिरिक्त क्रीयाकलाप संयोजक अनुप भट्टका अनुसार विधार्थीहरुमा Speaking Skills (वाककला) विकास गराउने हेतुले कक्षा ३ देखि ६ सम्म पढने विधार्थी भाइबहिनिहरुलाई “टेबल टल्क” (Table Talk) कार्यक्रम संचालन गरिएको थियो । त्यसैगरी कक्षा १ र २ मा अध्ययनरत विधार्थीहरुलाई लेख्ने सिपको विकास गराउन पेपरमा चित्र बनाएर उक्त चित्रको बारेमा आ-आफुले जानेको कुरा लेख्नलाई सहजीकरण गरिएको थियो ।
कक्षा ७ देखि ९ सम्मका विधार्थी भाइबहिनीहरुले N-PABSAN Dhading द्वारा धादिङ बोर्डिङमा आयोजना गरिएको Science Exhibition (विज्ञान प्रदशनी) मा समावेश भै उनिहरु आफैले बनाएका विभिन्न सामाग्रीहरु जस्तै : Waitor Robot, Rocket, Exacavator, Artificial Green House, Food Chain, Water Purification, Dancing Robot, CO2 Gas Purification, SST System Module पर्दशनी गरेका थिए ।
विद्यालयका प्रीन्सीपल प्रयास रेग्मीका अनुसार विधार्थीहरुलाई आफै गरेर सिक्ने र समुहमा सिकाई गर्दा सहजता हुने र धेरै कुराहरु सिकिने हुँदा यस्ता गतिविधिमा जोड दिन विद्यालयले अनेकौं प्रयास गरेको बताउनु भयो ।