अन्तर्राष्ट्रिय खबर । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनी पावर प्लान्टलाई लक्षित गरी भएको आक्रमणलाई रुसको बदलाको रुपमा व्याख्या गरेका छन् ।
भ्लादिमिर पुटिनले भने, “गत हप्ता युक्रेनले अमेरिका र बेलायतले उपलब्ध गराएको हतियारले रुसमाथि हमला गरेको थियो। त्यसको जवाफमा रुसले बुधबार राति ९० वटा मिसाइल र १०० ड्रोनले युक्रेनमा हमला गरेको थियो।”
रुसले युक्रेनको राजधानी किभका महत्वपूर्ण ठाउँहरूलाई पनि निशाना बनाएको पुटिनले बताएका छन् । यसअघि युक्रेनी वायुसेनाले रुसले आफ्नो पावर प्लान्टलाई लक्षित गरी आक्रमण गरेको बताएको थियो ।