धादिङ । नेकपा माओवादी केन्द्र धादिङको संघीय निर्वाचन क्षेत्र नम्बर २ समन्वय समितीको वैठक आइतबार धादिङ बेसिमा सम्पन्न भएको छ ।
पार्टी केन्द्रले गरिएको निर्णय सर्कुलर अनुसार जिल्ला भरिको पालिका सम्मेलन यहि मंसिर महिना भित्र सम्पन्न गर्ने गरि सम्मेलनको मिति समेत तय गरिएको छ ।
जस्स अनुसार सम्मेलनको तालिका निम्न लिखित रहेको छ ।
रुबीभ्याली गाउँपालिकाको तयारी बैठक ९ गते र सम्मेलन २१ गते
खनियाबासको तयारी बैठक १६ गते सम्मेलन २३ गते
नीलकण्ठको तयारी बैठक १३ गते र सम्मेलन २८ गते
गंगाजमुनाको तयारी बैठक २१ गते र सम्मेलन २७ गते
नेत्रावती डबजोङको तयारी बैठक १५ गते र सम्मेलन २७ गते
त्रिपूरा सुन्दरीको तयारी बैठक १२ गते र सम्मेलन २५ गते
ज्वालामुखीको तयारी बैठक १४ गते र सम्मेलन ३० गते रहेको छ ।
कार्यक्रममा नेकपा माओवादी केन्द्र केन्द्रिय सदस्य तथा संविधानसभा सदस्य पुष्प विक्रम मल्लको प्रमुख आतिथ्यतामा सम्पन्न वैठकमा केन्द्रिय सल्हाकार वेद नीधी अधिकारी, केन्द्रिय सदस्य शंकर अधिकारी,बागमती प्रदेश समिती सह सचिव दल बहादुर बुर्लाकोटी, प्रदेश सचवलय सदस्य,प्रदेश सदस्य, जिल्ला समन्वय समिती, पालिका पद्धाधिकारीको उपस्थित रहेको थियो ।