धादिङ । वर्षा रोकिए सगै, दशैमा सहजै स्थानीयहरु आफ्नो घर पुग्न सकोस् भनी खनियाबास गाउँपालिकाले सडक मर्मत कार्य बिहिवार देखि थालनी गरिएको खनियाबास उपाध्यक्ष सेक्केमान तामाङले होराईजन खबरलाई जानकारी दिनु भयो ।
बिहीबार धार्ना पहिरोमा मर्मत गर्न थालिएको सडक आजै खनियाबास १ पेर्चो सम्म सफा गर्ने लक्ष्यको साथ मर्मत कार्य भैरहेको तामाङले बताउनु भयो ।
त्यस्तै रुबीभ्याली तर्फको सडक भने लिस्ने खोला सम्म मर्मत भै सकेको छ । खनियाबास गाउँपालिका भित्र पर्ने सडक १/२ दिनमा मर्मत हुने बित्तिकै सहजै दशैमा खनियाबास, गंगाजमुना र रुबीभ्यालीका स्थानीयहरु आफ्नो घर गाउँ यातायातको साधन मार्फत घर जान सक्ने छन ।