नेपाली कांग्रेस धादिङले अपाङगता भएका विद्यार्थीलाई खाद्यान्न तथा स्टेशनरी सामाग्री वितरण

धादिङ । स्वर्गीय विश्वेश्वरप्रसाद कोइराला (विपी)को १११औँ जन्मजयन्तीको अवसरमा धादिङमा अपाङगता भएका विद्यार्थीहरुलाई स्टेशनरी तथा खाद्यान्न सामाग्री वितरण गरिएको छ ।

नेपाली कांग्रेस जिल्ला कार्यसमिति धादिङले एक कार्यक्रमको आयोजना गरि नेपाली काँग्रेस धादिङका सभापति एवम् संघीय कृषि तथा पशुपंक्षी बिकास मन्त्री रामनाथ अधिकारीको प्रमुख आतिथ्यतामा नीलकण्ठ नगरपालिका वडा नम्बर ८ स्थितमा अवस्थित स्वाबलम्बी बहिरा आधारभूत विद्यालयका बालबालिकालाई खाद्यान्न तथा स्कुल झोला वितरण गरेको हो ।

नेपाली कांग्रेसका संस्थापक एवम् प्रथम जननिर्वाचित प्रधानमन्त्री स्वर्गीय विश्वेश्वरप्रसाद कोइराला (विपी) को १११ औँ जन्मजयन्तीको अवसरमा सोमबार विद्यालय पुगेर नेपाली काँग्रेसले १० बोरा चामल, २ कार्टुन खाने तेल लगायत खाद्य सामाग्री, ४३ जना विद्यार्थीका लागि झोला वितरण गरिएको हो ।

धादिङको स्थानीय तहहरुमा गंगाजमुना गाउँपालिका अध्यक्ष भक्त लामा,खनियाबास गाउँपालिका अध्यक्ष रणबहादुर तामा,त्रिपुरासुन्दरी गाउँपालिका अध्यक्ष राजु उप्रेती र ज्वालामूखी गाउँपालिका अध्यक्ष यमनाथ दनैले स्वाबलम्बन बहिरा आधारभुत विद्यालयलाई ५०÷५० हजार रकम उपलब्ध गराउने घोषणा गर्नुभयो ।

ज्वालामूखी गाउँपालिकाले आवस्यक सामाग्री उपलब्ध गराउने भएको छ,भने अन्य गाउँपालिकाले नगद उपलब्ध गराउने सामुहिक प्रतिवद्धता गर्नुभएको नेपाली काँग्रेसका नेता बिकास श्रेष्ठले जानकारी दिनुुभयो ।

उक्त कार्यक्रममा नेपाली काँग्रेसका महाधिवेशन प्रतिनिधी एवम् जिल्लाका नेता तथा कार्यकर्ताहरुको भव्य सहभागीता रहेको थियो ।