धादिङ । गंगाजमुना गाउँपालिका वडा नम्बर ३ अम्बोटे(गुरुङ गाउँ) स्थितमा पहिरो जाँदा अम्बोटे(गुरुङ गाउँ) जोखिममा परेको छ ।
पर्यटकीय गन्तव्यका साथै आकर्षक होमस्टे समेत रहेको उक्त गाउँमा गएरातिको लगातार वर्षातका कारण पहिरो जाँदा ६ घर उच्च जोखिममा परेको हो ।
पहिरोले जमिनको भित्र भित्रै चिरापरेकाले बालीनाली सहित गोरेटो बाटो समेत बगाएको स्थानीय लोक बहादुर गुरुङले जानकारी दिनुभयो ।“पहिरोलाई तत्काल रोकथाम गर्न नसके बस्ती नै पहिरोको उच्च जोखिममा पर्न सक्ने सम्भावना रहेकोले २०/२५ थान जाली उपलब्ध गराएर छिटो भन्दा छिटो गाउँलाई बचाईदिन स्थानीय सरकार समक्ष माग गर्दछु” स्थानीय गुरुङले भन्नुभयो ।
स्रोत : रेडियो बिहानी