काठमाडौं– जुवा काण्डमा रसुवाको नौकुण्ड गाउँपालिकाका अध्यक्ष नुर्बु स्याङ्बोलाई पक्राउ गरी प्रहरीले कानुनी कारबाही सुरु गरेको छ।
स्याङ्बोसहित १० जनालाई जिल्ला प्रहरी परिसर काठमाडौंले पक्राउ गरेको हो। प्रहरी प्रभाग कपनबाट खटिएको टोलीले बुढानीलकण्ठ–१० बाट घलेसहितका व्यक्तिहरुलाई शनिबार बेलुका जुवातास खेलिरहेको अवस्थामा पक्राउ गरेको थियो।
उनीहरूको साथबाट ६ बुक तास र एक लाख ३५ हजार नगद समेत बरामद भएको प्रहरीले जनाएको छ। उनलाई जुवामा म्याद थप गरेर अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ।
उनी उक्त गाउँपालिका अध्यक्षमा नेपाली कांग्रेसबाट बिजयी भएका थिए। स्याङ्बोले अध्यक्षमा ३४७४ मत पाई बिजय हासिल गरेका थिए। तर, उनको व्यक्तिगत पृष्ठभूमी भने आपराधिक गतिविधिमा जोडिएको पनि पाइएको छ।
स्याङ्बो मानव बेचबिखनको कसुरमा पनि पक्राउ परेका व्यक्ति हुन्। गाउँपालिका अध्यक्ष निर्वाचित हुनुपूर्व स्याङ्बोविरुद्ध एक महिलाले आफूलाई श्रीलंका पु¥याएर मानव बेचबिखन गरको आरोप लगाउँदै जिल्ला प्रहरी परिसरमा उजुरी दिएकी थिइन्।
७ बर्ष पहिला उनलाई परिसरले पक्राउ गरी अनुसन्धान गरेको थियो। बबरमहलबाट पक्राउ गरिएका उनलाई मानब बेचबिखन ब्युरोको जिम्मा लगाइएको थियो।
२०७३ सालमा एक महिलालाई स्याङ्बोले श्रीलंकासम्म पु¥याएर बन्धक बनाएको आरोप लागेको थियो। मासिक २८ हजार कमाई हुने भन्दै एक महिलालाई स्याङ्बोले कतार पठाउने भन्दै श्रीलंका पठाएर बन्धक बनाएको उजुरी परेको थियो।
कतार जानका लागि भन्दै स्याङ्बोले आफ्नै खर्चमा ती महिलाको राहदानी समेत बनाई दिएको पाइएको थियो। आर्थिक अवस्था कमजोर भएकी महिलालाई नेपालबाट स्थलमार्ग हुँदै भारतको नयाँ दिल्ली पु¥याइएको थियो। दिल्लीबाट भिजिट भिसामा श्रीलंकाको कोलम्बो पु¥याइएको थियो। कोलम्बोमा बुद्ध दर्शनका लागि जान लागेको भन्नु भनेर ती महिलालाई सिकाइएको थियो।
कोलम्बो पु¥याएपछि श्रीलंकन मुलका एजेन्टले राहदानी लगायतका कागजात नियन्त्रण लिएर ती महिलालाई बन्धक बनाएका थिए। नेपाल प्रहरी र विभिन्न संघ–संस्थाको सहयोगमा ती महिला फर्किएकी थिइन्।
नेपाल फर्किएपछि उनले २०७३ सालमै काठमाडौं प्रहरीमा जाहेरी दिएकी थिइन्।