धादिङ । गत असार ३० गते आइतबार राति परेको अबिरल बर्षा सङ्गैको चट्याङ लागेर खनियाबास गाउँपालिका वडा न १ मा रहेकाे केन्द्रीय विद्युत प्रसारण लाईनकाे विद्युत ट्रान्सर्फमर पड्किँदा १ साता देखि विद्युतसेवा अवरुद्ध भएकाे छ ।
खनियाबास १ स्थित च्यम्थाली, बुधु, गर्स्योङ, ग्यल्म्रङ बोस्रोरोतर टोल गरि झण्डै १२५ घर धुरीको को लागि संचालन भैरहेको ट्रान्सर्फमर पड्किएर स्थानीयहरु अन्धकारमा बस्न बाध्य भएका छन ।
शनिबार ट्रान्सर्फमर चेकजाँच तथा बनाउन आएका कर्मचारीको भनाइ अनुसार मेसिनको भित्री भाग नै बिग्रीएको र नयाँ ल्याउनु पर्ने स्थानीय मङ्का तामाङले जानकारी दिनु भयो । नयाँ ट्रान्सर्फमर ल्याउन, सडक अबरुद्ध रहेकोले अझै धेरै समय अन्धकारमा बस्नु पर्ने भएकोले स्थानीय अत्यन्तै चिन्तित भएका छन ।
त्यस्तै सोहि राती परेको चट्याङले खनियाबास वडा न. २ का स्थानीय प्रकाश तामाङको २ भैंसी समेत मारिएको नसुन तामाङले जानकारी दिनु भयो ।