बागमतीको मुख्यमन्त्री बहादुरसिंह लामालाई बनाउने कांग्रेस संसदीय दलको निर्णय

मकवानपुर । नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलको बैठकले मुख्यमन्त्रीमा बहादुर सिं लामाको नाम निर्णय गरेको छ । आइतबार बिहान हेटौंडामा बसेको बैठकले मुख्यमन्त्रीमा लामालाई पठाउने सर्वसम्मत निर्णय गरेको हो । 

लामा नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता हुन् । बागमतीमा कांग्रेसका ३७ सांसद् छन् । आज मुख्यमन्त्री शालिकराम जम्कट्टेलले विश्वासको मत लिँदैछन् ।  

त्यस्तै कांग्रेस संसदीय दलको बैठकले मुख्यमन्त्री शालिकराम जम्कट्टेलले प्रस्तुत गरेको विश्वासको मतको विपक्षमा मतदान गर्ने समेत निर्णय गरेको छ । एमालेले पनि मुख्यमन्त्री जम्कट्टेलको विपक्षमा मतदान गर्ने गरेको छ।

मुख्यमन्त्री जम्कट्टेल नेतृत्वको सरकारले विश्वासको मत नपाउने निश्चित देखिएको छ । कांग्रेसका लामाले एमालेको समर्थनमा आजै मुख्यमन्त्रीको दावी पेस गर्ने तयारी गरेका छन् ।