लमजुङको ताजेगाउँ केन्द्रविन्दु भएर ३.७ रेक्टरस्केलको भूकम्प

काठमाडौं । लमजुङ जिल्लाको ताजेगाउँ केन्द्रविन्दु भएर भूकम्प गएको छ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार आज साँझ ८ बजेर ३८ मिनेट जाँदा लमजुङको ताजेगाउँ आसपास केन्द्रविन्दु भएर तीन दशमलव सात रेक्टरस्केलको भूकम्प गएको हो।

यसअघि गत चैत ४ गते रसुवा जिल्लाको जुरेढुंगा केन्द्रविन्दु भएर भूकम्प गएको थियो। नेपालमा पछिल्लो समय साना भूकम्प जाने क्रम जारी छ।