नीलकण्ठ बहुमुखी क्याम्पस सहित ३ विद्याकयमा आज युवासंग उपमेयर कार्यक्रम सञ्चालन

धादिङ । ‘करियर परामर्श, नेतृत्व विकास तथा युवा सचेतना कार्यक्रम’ सम्बन्धि १ दिने तालिम युवासंग उपमेयर कार्यक्रम अनुसार नीलकण्ठ नगरपालिकाको आर्थिक बर्ष २०८०/८१ को कार्यक्रम अन्तर्गत नीलकण्ठ नगरपालिकामा संचालन भै रहेको छ ।

सोही कार्यक्रम अन्तर्गत सोमबार बिहान नीलकण्ठ बहुमुखी क्याम्पसमा कार्यक्रम संचालन भएको थियो भने दिउँसो साङ्कोस मा.वि. र मनरुपी मा.वि.हरुमा कार्यक्रम संचालन गरिएको छ ।

कार्यक्रममा नीलकण्ठ नगर उपप्रमुख दिपक विश्वकर्मा, प्रमुख प्रशासकीय अधिकृत पुरुषोत्तम सुवेदी, प्रशासन शाखा अधिकृत लोकनाथ उपाध्याय, नीलकण्ठ नपा १३ का वडा अध्यक्ष सोम बहादुर गुरुङ, नीलकण्ठ ३ का वडा सदस्य, नीलकण्ठ बहुमुखी क्याम्पस प्रमुख  , सांङ्कोस मावि र मनरुपी माविका प्र.अ. लगायत विद्यार्थीहरुको सहभागीतामा कार्यक्रम सम्पन्न भएको छ ।