ठगी अभियोगमा फिल्म निर्देशक सुदर्शन थापा पक्राउ

काठमाडौं । एक करोड ५० लाख ठगी गरेको अभियोगमा फिल्म निर्देशक सुदर्शन थापालाई प्रहरीले पक्राउ गरेको छ ।

सोमबार दिउँसो मालीगाउँ बाट प्रहरीले पक्राउ गरेर प्रहरी वृत्त बौद्धमा पठाएको हो । फिल्म प्रसाद २ को विवादको मुद्दामा थापाविरुद्ध उजुरी परेको थियो । उनलाई बालुवाटारको रोयल अम्पायर होटल परिसरबाट पक्राउ गरिएको हो । उनी रावायण भन्ने फिल्मको छायांकनमा व्यस्त थिए । 

आफूहरुको मञ्जुरीबिना फिल्मलाई देश तथा विदेशमा प्रदर्शन गरेर एक करोड ५० रुपैयाँ ठगी गरेको भन्दै प्रसाद २ का निर्माता सुदर्शन बस्नेत र ज्याक श्रेष्ठले जिल्ला प्रहरी परिसर काठमाडौंमा उजुरी गरेका थिए । थापा उक्त फिल्मका निर्देशक थिए ।