किन्ताङफेदी बेलीबृजको उद्घाटन १६ गते नेपाली सेनाका प्रधानसेनापति र सांसद अधिकारीले गर्नु हुने

धादिङ । खनियाबास गाउँपालिका ४ र नेत्रावती डबजोङ गाउँपालिका १ जोड्ने बहुप्रतिक्षित किन्ताङफेदी बेलीबृज निर्माण कार्य सम्पन्न भएको छ । नेपाल विद्युत प्राधिकरणको सामाग्री सहयोग, नेपाली सेनाको प्राबिधिक सहयोग र खनियाबास गाउँपालिका र नेत्रावती डबजोङ गाउँपालिकाहरुको आर्थिक सहयोगमा चाइनिज ‘4- T single type’ बेलीबृज पुल निर्माण कार्य सम्पन्न भएको हो ।

निर्माण सम्पन्न पुलको उद्घाटन बैशाख १६ गते आइतबार बिहान ११ बजे, धादिङ क्षेत्र न २ का सांसद रामनाथ अधिकारी र नेपाली सेनाको प्रधानसेनापती प्रभुराम शर्माको संयुक्त उपस्थितिमा पुलको उद्घाटन गरिने खनियाबास गाउँपालिकाले आज एक सुचना प्रकाशन गर्दै जानकारी दिएको छ ।